भक्तपुर । स्थानीय तहको मत परिणामा आउने क्रम जारी छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा नेपाली कांगे्रसले मेयर पदमा अग्रता कायम गरेको छ ।
यस नगरपालिकाको वडा नं.८ को अन्तिम मत परिणाम आएपछि नेपाली कांग्रेसका जिवन खत्रीले अग्रता लिएका हुन् ।
उनलाई एमालेकी बिना बास्तोलाले पछ्याइरहेकी छिन् । तेस्रो स्थानमा राप्रपाका उम्मेदवार रविन्द्र प्रताप शाह रहेका छन् । अब वडा नं. ९ को मत परिणाम आएपछि अन्तिम बिजेता घोषणा हुनेछ ।
यस्तो छ मतपरिणाम : मेयर पद
एमाले/ कांग्रेसको मत / राप्रपाको मत
वडा नं. १, एमाले १०५७ / कांग्रेस ११३७
वडा नं. २, एमाले ११२१ / कांग्रेस ११९२
वडा नं. ३, एमाले १४०६ / कांग्रेस १३३४
वडा न. ४ एमाले ११८० / कांग्रेस १११३
वडा नं. ५, एमाले ८०२ / कांग्रेस १३२६
वडा नं. ६, एमाले १०८४ / कांग्रेस १९१/ वडा नं. ६ सम्म राप्रपा ४६७०
वडा नं. ७, एमाले ६३० / कांग्रेस १३६९ / राप्रपा १०२६
वडा नं. ८, एमाले १२४७ / कांग्रेस ११६१ / राप्रपा १६०४
-अहिलेसम्मको जम्मा मत परिणामः एमाले ८५२७ / कांग्रेस ८८२७ / राप्रपा ७३००














