Friday, October 2, 2026
Home राजनीति प्रधानन्यायाधीश विरुद्धकाे महाभियोग सिफारिस समिति गठन गर्ने तयारी

प्रधानन्यायाधीश विरुद्धकाे महाभियोग सिफारिस समिति गठन गर्ने तयारी

40

फागुन २२,

काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोगमाथि छलफल सुरु हुने भएको छ। महाभियोगमाथि छलफलको लागि महाभियोग सिफारिस समिति गठन गर्ने तयारी गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिस समिति बनाउन दलहरु सहमत भएका हुन्। समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रतिनिधि पठाउने भएको छ। ११ सदस्यीय हुने सिफारिस समितीले कम्तिमा ३ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। प्रधानन्यायाधीशविरुद्ध फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदले महाभियोग दर्ता गराएका थिए।