माधव नेपाल भन्छन् ‘ओली गुटमा बिजोग र बेहाल छ’

329

माघ १६,
विराटनगर । नेकपाका नेता माधवकुमार नेपालले केपी ओली गुटमा विजोग र बेहाल छाएको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गुटको औचित्य समेत समाप्त भइसकेको बताए । ‘ओलीे गुटको कुनै काम छैन । ओली कहिल्यै पनि रचनात्मक काम गर्दैनन् । नेपाली जनताको बलिदानले बनाएको संविधानलाई ओलीले घाँटी रेट्ने काम गरे’ अध्यक्ष नेपालको भनाई छ । उनले पार्टीमा तमासा गर्ने अरु कोही नभएर केपी ओली नै भएको पनि बताए । ‘उनी पार्टीको विधि पनि मान्दैनन्, संविधान पनि मान्दैनन, उनलाई पार्टीको मतलब छैन । उहाँ कम्युनिस्ट आन्दोलन, लेकतन्त्र गणतन्त्र सिध्याउन चाहानुहुन्छ । उहाँ बनाउने होइन विगार्न चाहानुहुन्छ’ नेपालको भनाई छ ।