नेपालमा कोरोनाः २९६ जना संक्रमित डिस्चार्ज

77
सांकेतिक तस्विर

माघ १५,
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ३६५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबार सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ रहेको थियो ।