Friday, October 16, 2026
Home अर्थ अनिश्चितकालका लागि श्रम स्वीकृति रोक्का

अनिश्चितकालका लागि श्रम स्वीकृति रोक्का

522

फागुन ३०,
काठमाडौं । वैदेशिक रोजगार कार्यालयले वैदेशिक रोजगारका सबै गन्तव्य मुलुकहरुको श्रम स्वीकृति रोक्का गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले अनिश्चितकालका लागि सबै खाले श्रम स्वीकृति रोक्का गरिएको जानकारी दिएको हो । कार्यालयद्धारा जारी सूचनामा नेपाल सरकार, कोरोना रोग रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बिहिबार ९फागुन २९ गते० अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेसँगै कार्यालयबाट जारी हुने श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको जनाएको छ । यसअघि नै नेपालको प्रमुख श्रम गन्तव्य मुलुक कतारले नेपाल लगायत ८ मुलुकका कामदार नलिने घोषण गरिसकेको छ ।