शनिबारदेखि नेपाल आउने सबैलाई यस्तो नियम लागू

310
फाइल तस्विर

फागुन ३०,
काठमाडाैँ । शनिबारदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएकाे छ । काेराेना भाइरसकाे सङ्क्रमण संसारभर फैलिएपछि नेपाल सरकारले साे निर्णय गरेकाे हाे ।

यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । नेपाली श्रमिक कार्यरत देशमासमेत कोरोना भाइरसको जोखिम बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिश्चितकालका लागि श्रम स्वीकृति बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए ।

अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात वैशाख १२ गतेभन्दा अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने सरकारले निर्णय गरेको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।