व्यवसायीलाई कर विवरण दाखिला सम्बन्धी तालिम

132

असार २७,
भक्तपुर । विभिन्न पेशा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई कर विवरण दाखिला सम्बन्धी तालिम दिइएको छ । आइतबार भच्र्युअल विधिबाट भक्तपुर चेम्बर अफकमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्रीव्यवसायी संघ र भक्तपुर सुनचा“दी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको अनलाईन कर विवरण दाखिला सम्बन्धी
तालिम सम्पन्न भएको छ ।

भक्तपुर चेम्बर अफकमर्शका अध्यक्ष न्हुछे रत्नमानन्धरले राजस्व सम्बन्धमानियम, कानुन र प्रक्रियाहरुबारे जानकारी नहु“दा धेरै उद्यमी व्यवसायीहरु कारवाहीमा पर्ने भएको हुंदा सहजिकरण गर्ने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरेको बताए । उक्त तालिममा आन्तरिक राजस्व कार्यालय जगाती भक्तपुरका प्रमुख कर अधिकृत गगनबहादुर विके र कम्प्युटर अपरेटर रुपक ढकालले अनलाईनबाट कर विवरण भर्ने तरिका र कर भुक्तानीका प्रक्रियाहरुका बारेमा प्रशिक्षण दिएका छन् ।