वाइक रुखमा ठक्कर खाँदा कावासोतीका एक जनाको मृत्यु, ३ जना घाइते

339
सांकेतिक तस्विर

राजधानी दैनिक
कार्तिक ११, नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा आइतबार साँझ ५ बजेतिर मोटरसाइकल रुखमा ठोकिंदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना १८ प २९ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोकिन पुगेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मोटरसाइकलमा ४ जना सवार रहेकोमा मोटरसाइकल चालक नवलपरासीको कावासोती ५ निवासी २२ बर्षीय कृष्ण कुमालको निधन भएको हो ।

गम्भीर घाइते कुमालको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा निधन भएको हो । मोटसाइकलमा सवार अन्य ३ जना घाइते भएका छन् । घाइते मध्ये कावासोती ३ का १६ बर्षीय अमन पुन मगर गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । त्यसैगरी सोही मोटरसाइकल दुर्घटनामा परी कावासोती ५ का १६ बर्षीय राम परियार, १६ बर्षीय धनबहादुर कुमाल घाइते भएका छन् ।