भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीलाई मातृशोक परेको छ । उपप्रमुख बुढाथोकीकी आमा इश्वरी बुढाथोकीको ७४ वर्षको उमेरमा शुक्रबार निवासमै निधन भएको हो ।
स्वर्गीय इश्वरी बुढाथोकी लामो समयदेखि श्वासप्रश्वास सम्बन्धि रोग र पछिल्लो समय अर्बुद रोगबाट पीडित हुनुहुन्थ्यो । शुक्रबार पशुपतिस्थित आर्यघाटमा स्वर्गीय बुढाथोकीको अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उहाँको २ छोरा र एक छोरी हुनु हुन्छ ।













