Sunday, September 27, 2026
Home राजनीति एनआरएनए निर्वाचन : कुमार पन्त जित नजिक

एनआरएनए निर्वाचन : कुमार पन्त जित नजिक

60

कात्तिक १,
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनपछिको मतगणनामा कुमार पन्तको प्यानल जित नजिक पुगेको छ। ७० प्रतिशत भन्दा धेरै मत गनिसक्दा पन्तको प्यानलले अग्रता बढाउँदै लगेको हो। सुरुमा कूल आचार्यले पन्तलाई कडा टक्कर दिए पनि मतगणना अन्तिम चरणमा पुग्दै गर्दा फराकिलो मतले पछि परेका हुन्। बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो। निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी छन्। यो पटक पन्तको पक्षमा सत्तारूढ नेकपा उभिएको छ भने आचार्यको पक्षमा नेपाली कांग्रेस उभिएको छ। यद्यपि निर्वाचन कमिटीले अहिलेसम्म आधिकारिक मतपरिणा सार्वजनिक गरिसकेको छैन। बुधबार विद्युतीय मेशिनबाट सुरु गरिएको मतदान प्राविधिक गडबडी भन्दै रोकिएको थियो। त्यसपछि बिहीबार कागजकै मतपत्रमार्फत् मतदान गराइएको थियो। एनआरएनएको यसपटकको नवौँ विश्व सम्मेलन उद्घाटनदेखि समापनसम्म आइपुग्दा पनि विवादित छ। बिहीबार राति मतगणनाका क्रममा आचार्य र पन्त पक्षबीच मतगणनास्थल बाहिर विवाद हुँदा प्रहरीले हस्तक्षेप नै गर्नुपरेको थियो।