Sunday, September 27, 2026
Home समाज अवैध सुनसहित तोप्चेन भोटेलाई पक्राउ

अवैध सुनसहित तोप्चेन भोटेलाई पक्राउ

86

असोज ३०,
संखुवासभा : भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम अवैध सुनसहित सोमबार पक्राउ परेका तोप्चेन भोटेलाई बिहीबार काठमाडौं पठाइएको संखुवासभाका प्रहरी प्रमुख मिम लामाले जानकारी दिए। संखुवासभा प्रहरीले बिहीबार यतियरको विमानबाट काठमाडौं पठाइएको छ। भोटेलाई प्रहरीले ५ किलो सुनसहित बिहीबार यति एयर विमानबाट काठमाडौं पठाइएको प्रहरी प्रमुख लामाले बताए। पक्राउ परेका भोटे र बरामद भएको सुन अबैध ५ किलो सुनसहित राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुरमा जिम्मा लगाइ सकिएको प्रहरीले जनाएको छ। विशेष सुराकीको आधारमा चेपुवा प्रहरीले भोटेलाई भोटखोला गाउँपालिका २ को घट्टेखोलाबाट पक्राउ गरेको थियो। अवैध ५ किलो सुनसहित पक्राउ परेको भोटे भरिया मात्र भएको प्रहरीको भनाइ छ। चीनको तिब्बतबाट किमाथांका नाकाबाट सदरमुकाम नेपालतर्फ ल्याइँदै गरिएको सुन पहिलो पटक पक्राउ गरिएको हो। भोटेले आफू ओसारपसार गर्ने भरिया मात्र भएको प्रहरीलाई बयान दिएका छन्। भोटेको साथबाट फेला परेको अवैध सुन कसको हो भन्न खुलेको छैन। सुराकीको आधारमा चेपुवा प्रहरीले भोटेको झोला खानतलासी गर्दा झोलामा माथिबाट विस्कुट, छुर्पी, चक्लेट फेला पारेको थियो। झोलामा पट्याएर राखेको ज्याकेटको गोजीभित्र रातो झोलामा टेपले बाँधेर राखेको अवस्थामा ५ थान सुन सोमबार विहान फेला पारेको थियो। भोटेका साथबाट बरामद गरिएको सुनको बजार मूल्य करिव तीन करोड सात हजार पर्न सुन चाँदी ब्यवसायीले बताए। स्थायी घर मकालु गाउँपालिका ४ का भोटे खाँदबारी १ मा बस्दै आएका थिए। संखुवासभामा यति ठूलो परिमाणको सुन पक्राउ परेको पहिलो घटना हो। सुन ओसार-पसार गर्न अन्य समेत चाँडै पक्राउ पर्ने प्रहरीले जनाएको छ। सुन जिल्ला भन्दा बाहिर नै निर्यात हुने गरेको प्रहरीले जनाएको छ।