Thursday, September 24, 2026
Home अर्थ हवाई भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा

हवाई भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा

84

असोज १,
काठमाडौं । नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । यसको शुरुवात सरकारी स्वामित्वको कम्पनीबाटै गर्ने उद्देश्यअनुसार उक्त निर्णय भएको हो ।