Sunday, September 27, 2026
Home पत्रपत्रिका एटीएम नचल्दा सेवाग्राही मर्कामा

एटीएम नचल्दा सेवाग्राही मर्कामा

178

नेपाल समाचारपत्र
भदौं २५। काठमाडौं।नेपालका विभिन्न बैंकको एटीएम सेवामा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन्।नेपाललगायत बाहिरी देशका विभिन्न स्थानमा रहेका एटीएममा समस्या आउँदा देशभित्र र बाहिर रहेका सेवाग्राही समस्यामा परेका हुन्। गत भदौ १४ गते शनिबार चिनियाँह्याकरहरूले नेपाल तथा भारतका विभिन्न बैंकको एटीएमबाट रकम चोरी गरेका थिए। त्यसपछि असुरक्षित भएको तथा अनुसन्धानका लागि भन्दै नेपाल राष्ट्र बैंकले आकस्मिकरूपमा सबै एटीएम सेवा सञ्चालन रोकेको थियो।

केही समयपछि केही बैंकको एटीएममा समस्या नआए पनि लुटिएका बैंकहरूको एटीएममा अवरोध जारी नै रह्यो। नेपालबाट प्रभु, नबिल तथा हिमालयन बैंकबाट रकम लुटिएको थियो। यी बैंकबाट रकम लुटिएसँगै अवरुद्ध बनेका एटीएम सेवा अझैसम्म सञ्चालनमा नआउँदा सेवाग्राही मर्कामा परेका छन्।
नेपालमा रहेका सेवाग्राहीका साथसाथै भारत, बैंकक तथा सिंगापुरमा रहेका नेपाली एटीएम सञ्चालनमा नआउँदा समस्यामा परेका हुन्। समस्यामा पर्नेहरूमा विशेष गरी अस्पताल गएका बिरामी तथा विद्यार्थी रहेको नेपाल समाचारपत्रलाई सूचना प्राप्त भएको छ। अस्पतालमा तिर्ने रकम नहँुदा उपचार नै प्रभावित हुन थालेको उनीहरूले गुनासो गरेका छन्।

‘एटीएमबाट रकम निकाल्ने भनेर ब्यागमा बोकिएन, अहिले न एटीएम चल्छ, न अस्पतालमा तिर्ने रकम छ’, नेपाल समाचारपत्रसँग कुरा गर्दै भारतमा रहेका एक नेपालीले भने– ‘हामीलाई निकै नै समस्या भएको छ।’ एटीएमबाट पैसा निकाल्न नमिलेपछि सम्बन्धित बैंकलाई सम्पर्क गर्दा उनीहरूले झर्कोफर्को गर्ने गरेको समेत उनको गुनासो छ। ‘बैंकलाई फोन गर्दा उल्टै हामीलाई थर्काउँछन्, हामीले के गर्ने गर्ने रु’ –उनले प्रश्न गरे।