सत्यमोहन सिक्कामा

100

नेपाल समाचारपत्र
भदौं २५, ललितपुर । नेपाल राष्ट्र बैंक, टक्सार विभागले वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीनवटा सिक्का निष्कासन गरेको छ। जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले टकमरी गरिएका सिक्का निष्कासन गरेको हो। विसं १९७७ वैशाख ३० गते कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रूपमा उहाँको जन्म भएको हो। ललितपुर महानगरपालिकाको आग्रहमा राष्ट्र बंैकले क्युप्रोनिकेल धातुबाट बनेको १०० दरका ९तौल २५ ग्राम, व्यास ३७ एमएम, निष्कासन संख्या १० हजार थान० र चाँदीबाट बनेका १००० ९तौल १० ग्राम, व्यास २९ एमएम, निष्कासन संख्या २५ हजार थान० र २५०० रुपियाँको सिक्का ९तौल ८ दशमलब ५ ग्राम, व्यास २९ एमएम, निष्कासन संख्या १० हजार थान० निष्कासन गरेको थियो।

राजा, राजपरिवारका सदस्यबाहेक जीवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्कासन गर्न पाउनुहुने वाङ्मय शताब्दी पुरुष जोशी पहिलो व्यक्ति हुनुहुन्छ। राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार दोस्रो जनआन्दोलनभन्दा अघि जीवित छँदा राजा र राजपरिवारका सदस्यहरूको मात्र टकमरी गरिएका सिक्का निष्कासन हुने गर्दथ्यो। ‘जोशी जीवित हुँदा नै राष्ट्र बैंकले यसरी सम्मान गर्न पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय हो’, प्रवक्तासमेत रहनुभएका निरौलाले भन्नुभयो– ‘सिक्का निष्कासनले जोशीको योगदानलाई अविस्मरणीय बनाउनेछ।’ टक्सारले नेपालका ऐतिहासिक अवसर एवं सामाजिक र सांस्कृतिक निधिहरूलाई अविस्मरणीय बनाउनका लागि स्मारिका सिक्का निष्कासन गर्दै आएको छ।