Sunday, September 27, 2026
Home मनोरन्जन ट्रेलरमा हेर्नुहोस् ‘जीवन काँडा कि फूल’ (ट्रेलरसहित)

ट्रेलरमा हेर्नुहोस् ‘जीवन काँडा कि फूल’ (ट्रेलरसहित)

203

भदौ ११,
काठमाडौं । फिल्म ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति कार्तिक २२ घोषणा गरेको छ ।  फिल्मको ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्याक्ष मोहन निरौला, जीवन काँडा कि फूलका निर्माता तथा निर्देशक विनोद विष्ट, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा सञ्चारकर्मी शान्ति प्रियलगायतले सामुहीक सार्वजनिक गरेका थिए ।ट्रेलरमा हेर्नुहोस् :

साहित्यकार झमक घिमिरेको जीवनमा आधारित फिल्म हो ‘जीवन काँडा की फूल’ । फिलममा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले निर्बाह गरेका छन् । झमकको बहिनीको भुमिकामा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरीलगायत ३० भन्दा बढी कलाकारको अभिनय फिल्ममा रहेको कार्यक्रममा जानकारी दिइयो ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको चफिलममा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् । शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो फिल्मको सह निर्माता जुनु गौतम हुन भने कार्यकारी निर्मातामा बद्री चौहान र उमेश सुवेदी रहेका छन् । ‘जीवन काँडा कि फूल’लाई वालाजीटेली फिल्मका सुनिल मानन्धरले वितरण गर्दैछ ।