Friday, September 18, 2026
Home अर्थ विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत

विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत

285

असार ११,
काठमाडौँ । विनियोजन विधेयक, २०७६ संघीय संसदको राष्ट्रिय सभामा प्रस्तुत भएको छ। बुधबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक प्रस्तुत गरे। अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस् भनी गरेको प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल गरी बहुमतले स्वीकृत गरिएको हो।

विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथिको छलफल र मन्त्रीहरूको जवाफका लागि असार १५ देखि २४ गते सम्मको समय निर्धारण गरिएको छ। यसअघि बुधबारनै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७६ सभा समक्ष टेबुल गरेका थिए। राष्ट्रिय सभाको अर्को बैठक असार १५ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।