लजालु अञ्जलि हट अवतारमा, प्रेमीले भने म निदाएपछि आयौ (भिडियो हेर्नुहोस्)

355

असार ८,
काठमाडौँ । गायक नवराज सापकोटाको नयाँ गीत ‘म निदाएसी आयौ’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नरेश गौतमका शब्द सृजनामा एनके ब्रदरर्सको संगीत सृजना रहेको गीतमा पछिल्लो समयकी चर्चित मोडल अञ्जलि अधिकारीको अहिलेसम्मकै भिन्न अभिनय रहेको छ। भिडियो हेर्नुहोस्

 

बहुचर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जलि अधिकारीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला अञ्जलि यो गीतमा निकै हट अवतारमा देखा परेकी छिन्। प्रेमीले अक्कल झुक्कल र कल्पनामा मात्रै आउने सुन्दरी प्रेमीकाको कल्पना गरेको दृश्यमा उनी निकै बोल्ड देखिएकी छिन्। सार्वजनिक गीतमा अञ्जलिलाई जीवन भट्टराई र ऋचा थापाले साथ दिएका छन्। गीत सार्वजनिक भएलगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक सापकोटाले जानकारी दिए।