Wednesday, September 23, 2026
Home राजनीति उपचारका लागि देउवा सिंगापुर

उपचारका लागि देउवा सिंगापुर

58

जेठ ९,
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन्। लामो समयदेखि पेटको समस्या खेप्दै आएका देउवा फलोअप उपचारका लागि भन्दै बुधबार राति सिंगापुर उडेका हुन्। देउवासँग पत्नी आरजु राणा पनि गएकी छन्।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवाले सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा पेटको उपचार गराउनेछन्। खाना अपच हुनेजस्ता समस्या दोहोरिएपछि चिकित्सकहरुको सल्लाहअनुसार नै देउवा सिंगापुर गएका हुन्। देउवा जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम छ।