Saturday, September 26, 2026
Home समाचार नयाँ वर्षको पूर्वसन्ध्यामा पूर्वराजा यस्तो भनाई

नयाँ वर्षको पूर्वसन्ध्यामा पूर्वराजा यस्तो भनाई

129

चैत ३०,
काठमाडौं, चैत ३० । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको साथमा रहेको बताएका छन् । याँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘गतिशील समयक्रमको प्रवाहसँगै अहिले हामी विक्रम सम्वत् २०७६ मा आइपुगेका छौं । नयाँ वर्षको आरम्भ प्रहरमा हामी नेपालभित्र र विश्वका विभिन्न भूभागमा रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समून्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’
विगतको सुक्ष्म समीक्षा गर्दै नव वर्षको स्वागत गर्नुपर्ने उनको भनाइ छ । ‘स्वभावतस् यतिखेर हामीले बितेको निकट अतितका वर्षहरुको सुक्ष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्दछ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हामीले अब केवल हिजो अस्तिकोजस्तो समय बियाल्ने परिपाटीलाई मात्र अँगालेर पुग्दैन ।’

जनताको घर दैलोमा आफू पुग्दा जनताका अनगिन्ति समस्या र दूर्दान्त पीडा पाएको उनले उल्लेख गरेका छन् । ‘लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौंतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने, यस्तो नाजुक अवस्था अझै कति रहिरहने रु’ सन्देशमा उनले भनेका छन्, ‘स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ ।’ उनले मुलुकप्रतिको आफ्नो आस्था र निष्ठा अडिग रहेको बताएका छन् । ‘देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणाको सिद्धान्त अनुरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनु पर्दछ भन्ने सधैं हाम्रो विश्वास रही आएको छ,’ सन्देशमा उनले भनेका छन्, ‘ विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्मसमीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’ नयाँ वर्ष साच्चिकै नयाँ रहोस्, नयाँ वर्षले वास्तवमै हामीहरुका सोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् भन्ने कामना पनि उनले गरेका छन् ।