माघ १६,
सुनसरी । सुनसरीका आधा दर्जन गाउँपालिकामा अवैधरुपमा लगाइएको गाँजाखेती प्रहरीले नस्ट गरेको छ । भारतसँग सिमाना जोडिएका कोसी, देवानगन्ज, भोक्राहा, गडी, बर्जु र हरिनगरालगायत गाउँपालिकामा लगाइएको गाँजा नस्ट गरिएको हो । गाँजाखेती नस्ट गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका कार्यालयहरुबाट १०० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो । किसानले गाँजाखेती गरेर गैरकानुनी काम गरेकाले नस्ट गरिएको र फेरि यस्तो गल्ती नगर्न चेतावनीसमेत दिइएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।