कामना सेवा बिकास बैंक र अजोड इन्स्योरेन्स बीच बीमा सेवा सम्बन्धी सम्झौता

121

चैत २७,
काठमाडौँ –कामना सेवा बिकास बैंक र अजोड इन्स्योरेन्स बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ ।

सहमती पत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रबिन बस्नेत तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रीे कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।