लागूऔषध सहित एक युवक पक्राउ

154

भक्तपुर । मध्यपुरठिमी नगरपालिका वडा नं. १ लोकन्थलीबाट प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।

आँखा अस्पताल नजिकबाट सिराहा जिल्लाको लाहान नगरपालिका वडा नं. ४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षको रमेश कुमार आनन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले नाइट्राभेट ६०० सय थान ट्यावलेट लागूऔषध सहित आनन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी परीसर भक्तपुरका सुचना अधिकारी डिएसपी राजु पाण्डेले जानकारी दिएका छन् ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको पाण्डेले बताए ।