Wednesday, October 28, 2026
Home खेलकुद टी–२० विश्वकप छनोट : नेपाल चीनलाई ५ रनले हराउँदै तेस्रो स्थानमा

टी–२० विश्वकप छनोट : नेपाल चीनलाई ५ रनले हराउँदै तेस्रो स्थानमा

72

फागुन १३,
काठमाडौँ -थाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले चौथो जित निकालेको छ। लिग अन्तर्गत आफ्नो पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ। थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्य पछ्याएको चीन २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर ७२ रनमा समेटियो। चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले ३ विकेट लिइन्। कविता कुँवरले १ विकेट हात पारिन्। चीनका लागि झाङ मेईले सर्वाधिक ३३ रन बनाउँदा सेन झुले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मध्यम प्रदर्शन गर्दै पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनायो । नेपालका लागि कालोल श्रेष्ठले १८ रनबनाउँदा सीता राना मगर ११ र बिन्दु रावलले १० रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्। नेपालकी इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन जोड्दा सरिता मगरले ६ रन बनाईन् । चीनकि वाङ मेङ र हान लिलीले समान २र२ विकेट लिईन्। यो जितसँगै नेपालले ५ खेलबाट ४ जितसहित ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।