Saturday, September 26, 2026
Home Uncategorized आज तरुणदलको बाँके बन्द

आज तरुणदलको बाँके बन्द

367

बाँके । आफ्नो संगठनका नेतालाई पक्राउ गरेको विरोधमा तरुण दलले आज सोमबार पनि बाँके जिल्ला बन्दको आहृवान गरेको छ । प्रहरीले तरुण दल बाँके क्षेत्र नम्बर १ का अध्यक्ष दिग्वीजय जंग राणालाई युवा संघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि भएको आक्रमणको योजनाकारको आरोपमा प्रहरीले राणालाई पक्राउ गरेपछि तरुण दल बाँकेले हिजो आइतबार पनि बाँके बन्द गराएको थियो बन्दका कारण बाँकेका नागरिकको दैनिकी प्रभावित भएको छ । बन्दका कारण कोहलपुर लगायतका क्षेत्रमा बजार, यातायात, कलकारखाना सबै ठप्प छन् । शिक्षण संस्था, प्रेस, कुटनीतिक नियोग, एम्बुलेन्स, दमकल, मानवअधिकारकर्मी लगायतलाई बन्दमा छुट दिइएको छ । प्रहरीले यसअघि युवासंघकै कार्यकर्ता लक्ष्मण मल्लले खुकुरी प्रहार गरेको जनाएपनि घटनाको मुख्य योजनाकारका रुपमा प्रहरीले राणालाई शनिबार अपरान्ह पक्राउ गरेको थियो ।