Thursday, October 1, 2026
Home राजनीति कर्मचारीलाई सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी गर्न बन्देज

कर्मचारीलाई सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी गर्न बन्देज

2

काठमाडौं । प्रस्तावित सङ्घीय निजामती सेवा ऐन, २०८३ को विधेयकले निजामती कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा निकै कडा नियम प्रस्ताव गरेको छ। विधेयकको दफा ८८ अनुसार अब कर्मचारीले फेसबुक, टिकटक, एक्स जस्ता विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा कुनै पनि राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा कुनै टिप्पणी गर्न पाउने छैनन्।