बस सेवा सुरु हुदाँ स्थानीय हर्षित

344

माघ २,
नगरकोट । काठमाडौंको चुच्चेपाटीवाट काभ्रेको कार्तिके चुरीथुम्का हुदै सिन्धुपाल्चोक को चौतारासम्म पुग्ने गरी हेलम्वु यातायातले सार्वजनिक बस सेवा सुरु गरेको छ । उक्त कार्यको उदघाटन उद्योेग राज्यमन्त्री कन्चनवादे श्रेष्ठले गरेका छन् । राजधानीबाट नजिकै रहेपनि यातायातको सुविधा वाट बंञ्चित यस भेगका वासिन्दा नियमित वस संचालनमा आऊने भयपछी निकै हर्षित भएका थिए । वाजा गाजा सहीत सयौ स्थानियले सो वस र चालक तथा सहचालक लाई माला लगाई सुरक्षित यात्रा गराऊन अनुरोध गरेका छन । बस संचालनको सुभारम्भ गर्दै मन्त्री श्रेष्ठले यस भेगका वासिन्दाले अव आर्थिक रुपमा फड़को मार्न सहज हुने र स्थानीय ऊत्पादनले वजार पाऊन सहज हुने वताएका छन् ।