Saturday, September 26, 2026
Home राजनीति एमाले अध्यक्षमा ओलीले उम्मेदवारी दर्ता

एमाले अध्यक्षमा ओलीले उम्मेदवारी दर्ता

9

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेहरिने केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे। तर पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदानमा आएपछि चुनावी प्रतिस्पधार्का हुने भएको हो। पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। ‌ओली र पोखरेल दुबैजना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन कार्यतालिका अनुसार मतदान भोलि हुँदैछ भने २२६३ प्रतिनिधिले पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी चुन्दैछन्।