गृह मन्त्रालयले पूर्व गृहमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउँदै

199

साउन ७,
काठमाडौं । गृह मन्त्रालयले पूर्व गृहमन्त्रीका लागि खटाएका सुरक्षाकर्मी फिर्ता बोलाउने भएको छ । सुरक्षा खतरा मूल्याङ्कन गरी सुरक्षा खतरा नभएका पूर्व गृहमन्त्रीसँग रहेका फिर्ता बोलाइने गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए । मंगलबार गृह मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै गृहसचिव राईले सबै पूर्व गृहमन्त्रीको सुरक्षामा खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरी फिर्ता बोलाउने तयारी भएको जानकारी दिए ।

विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई आवश्यक मूल्याङ्कनका आधारमा अहिले पनि फिर्ता बोलाउने काम जारी रहेको र यो कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाइने राईको भनाइ छ ।

केही पूर्वगृहमन्त्रीलाई सुरक्षा चुनौती नरहेको अवस्थामा पनि सुरक्षाकर्मी परिचालन उल्लेख गर्दै गृहसचिव राईले सुरक्षा चुनौती नभएका विशिष्ट व्यक्ति र पूर्वगृहमन्त्रीसँग रहेका सुरक्षाकर्मी फिर्ता बोलाउनेबारे मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको जानकारी दिए ।