‘बेबी आइ लभ यू’ को फिमेल स्याड भर्सन गीत ( भिडियो सहित)

256

काठमाडौं । फिल्म ‘बेबी आइ लभ यू’ को फिमेल स्याड भर्सनको ‘सायद तेरो मेरो’ गीत रिलिज गरिएको छ । यही जेठ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको यो दोश्रो गीत हो । सन्तोष खड्गीको संगीत रहेको गीतमा प्रियंका शर्माको स्वर छ । भिडियोमा नायिका पूजा तिवारी फिचरिंग छिन् । जनक पाण्डे निर्देशित फिल्म बेबी आइ लभ यु लाई शिव न्यौपानेले निर्माण गरेका हुन् । फिल्ममा सन्तोष र पूजा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

सृजना परियार र दुर्गा पाण्डे सह निर्माता रहेको फिल्ममा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी लगायतको अभिनय छ । फिल्मलाई सुरज आचार्यले खिचेका हुन् । फिल्म लभ स्टोरी जनराको हो ।