Monday, September 28, 2026
Home समाज २०० वर्षदेखि लोकप्रिय रहेको ‘पोल्का डट’ फेसन

२०० वर्षदेखि लोकप्रिय रहेको ‘पोल्का डट’ फेसन

12

सन् १९८८ मा राजकुमारी डायना जब रोयल आस्कटमा पुगिन्, त्यहाँ उनको पोल्का डट (थोप्ला) भएको पहिरन र आकर्षक टोपीले सबैको ध्यान खिचिरहेको थियो । त्यसको करिब तीन दशकपछि सोही घोडा दौड कार्यक्रममा वेल्सकी राजकुमारी क्याथरिनले पनि आफ्नी दिवङ्गत सासूको जस्तै पहिरन लगाएर गएकी थिइन् । त्यसबेला पनि माहोल उस्तै भयो ।डिजाइनर अलेस्सान्द्रा रिचले बनाएको त्यो लुगाको घाँटी लामो थियो । त्यसमा मुजा परेको डिजाइन पनि थियो । तर खास चैं कहिल्यै पुरानो नलाग्ने थोप्ला (डट) को बुट्टा पनि थियो ।यी उदाहरण दिनुको कारण, फेसन इतिहासमा पोल्का डटको लोकप्रियता हो । जुन राजपरिवारदेखि सेलिब्रेटीहरूसम्म ठोकिन्छ । अनि त्यसबेला पनि पोल्का डट उस्तै प्रख्यात थियो, अहिले पनि यो उस्तै छ ।

गत जुलाईमा लस एन्जलसमा ‘विपन्स’ फिल्मको प्रिमियरमा अभिनेत्री जुलिया गार्नरले गुच्चीको क्रुज २०२६ सङ्ग्रहबाट एउटा काँधमा मात्र लगाइने सानो पोल्का डट भएको गाउन लगाएकी थिइन् । त्यसको एक दिनअघि रोज बायर्नले ‘प्लाटोनिक’ को दोस्रो सिजनको प्रिमियरमा बर्नाडेट नामक ब्रान्डको कालो र सेतो पोल्का डट भएको पहिरन लगाएकी थिइन् ।यसबाहेक हेली बीबर, रिहाना र एएसएपी रक्कीले पनि हालै पोल्का डट फेसनमा सजिएर खिचेका केही फोटोहरू शेयर गरेका थिए । यता फेसनमाथि लेख्ने चर्चित भोग म्यागजिनले त हालो समयलाई ‘पोल्का डटको ग्रीष्म ऋतु’ भनेर घोषणा नै गरेको छ ।