Wednesday, October 28, 2026
Home समाचार आज अन्तर्राष्ट्रिय योग दिवस

आज अन्तर्राष्ट्रिय योग दिवस

51

काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस हो । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिकमा मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकोले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रश्ताव गरेका थिए।

उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले पहिलो समर्थन गरेसँगै युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ ।