भक्तपुर । उमेरले ८५ वर्ष भएकाले नेपाल मजदुर किसान पार्टीको अध्यक्ष
नारायणमान बिजुक्छे “रोहित”को काधमा फेरी पार्टीको जिम्मेवारी आएको छ ।
पार्टीको अध्यक्षमा पुनः विजुक्छें सर्वसम्मत निर्वाचित भएका सो पार्टीका एक नेताले जानकारी दिएकाछन् । पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक उनी पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् ।
विजुक्छें ८५ वर्षका भए । २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म उनी नै निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका हुन् । फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो ।