Wednesday, September 23, 2026
Home अर्थ खाना पकाउने ग्यासको भाउ बढ्यो

खाना पकाउने ग्यासको भाउ बढ्यो

73

काठमाडौं । ग्यासको मूल्य समायोजन गर्ने सहमति भएपछि खाना पकाउने एलपि ग्यासको भाउ बढेको छ । सरकारले आन्दोलनरत ग्यास उद्योगीसंग १२ रूपैयाँ ७५ पैसा मूल्य बढाउने बारेमा सहमित भएपछि अब उपभोक्ताले साविक मूल्यमा थप १२ रूपैयाँ ७५ पैसा व्ययभार व्यहोर्नु पर्रे भएको छ । ग्यास उद्योगीहरू तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितको सरकारी वार्ता टोलीबीच १२ रूपैयाँ ७५ पैसा मूल्य समायोजन गर्ने सहमति भएपछि उद्योगीहरूको आन्दोलन फिर्ता भएको छ ।

संघले माघ २४ गते निगमलाई १९ बुँदे ज्ञापन पत्र बुझाएको थियो । निगमो सञ्चालक समितिको फागुन १८ गते बसेको बैठकले ग्यास उद्योगीको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरेर साविकको भाउमा प्रति सिलिण्डर १२ रूपैयाँ ७५ पैसा मूल्य वृद्धि गरिएको हो । निगमसंग भएको सहमतिसंगै ग्यास उद्योगीले थालेको आन्दोलन फिर्ता भएको छ । न्दोलनको कारण बजारमा भएको ग्यासको अभाव अब नहुने भएको छ ।