Sunday, September 20, 2026
Home राजनीति मिडिया काउन्सिल विधेयक फर्काएर लैजानुस् : नेता खाँण

मिडिया काउन्सिल विधेयक फर्काएर लैजानुस् : नेता खाँण

98

बैशाख ३१,
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।, मंगलबार सदनमा बोल्दै खाँणले संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग गरे।
उनले भने ‘ संविधानमा प्रेस स्वतन्त्रता सुनिश्चित छ। तर विधेयक बनाउँदा मौलिक अधिकार कुण्ठित गराउने कानुन ल्याउन खोज्ने?,’
सदनमा गत बिहीबार सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयक सरकारले फिर्ता लिनुपर्ने उनले बताए। ‘फर्काएर लैजानुस् विधेयक,’ उनले भने।

सरोकारवाला पक्षसँग छलफल र सहमति नगरी विधेयक सदनमा दर्ता गरेको भन्दै कांग्रेसले विधेयक फिर्ता लिन माग गरेको हो। मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने भन्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन पनि आन्दोलित छ ।