Friday, October 16, 2026
Home राजनीति एमाले निकट अनेरास्ववियुको महाधिवेशन जेठमा हुने

एमाले निकट अनेरास्ववियुको महाधिवेशन जेठमा हुने

53

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा गर्ने भएको छ। सोमबार बसेको दोस्रो स्थायी कमिटी बैठकले जेठ १ देखि ४ गते महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष समिककुमार बडालले जानकारी दिए।

उनकाअनुसार महाधिवेशनको स्थान भने तोकिएको छैन। यसअघि महाधिवेशन चैतभित्र गर्ने निर्णय भएको थियो। तर चैतमा स्ववियु निर्वाचन हुने भएकाले जेठ १ गतेको विद्यार्थी दिवसका दिन अधिवेशन उद्घाटन गर्ने गरी तालिका निर्धाण गरिएको उनले बताए।
‘जेठ गर्मीको समय पनि भएकाले काठमाडौं या चितवनमध्ये एक स्थानमा नै गर्ने कुरा हुन्छ। तर स्ववियु निर्वाचनपछि केन्द्रीय कमिटी बैठक बसेर महाधिवेशनको स्थान र कार्यसूची तय गर्छौं,’ उनले भने।