Friday, September 18, 2026
Home समाचार ‘सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर’

‘सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर’

35
तस्बिर: उपप्रधानमन्त्रीको सचिवालय

भक्तपुर । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका छन्। मध्यपुर महोत्सव २०८१ को शुक्रबार उद्घाटन गर्दै उनले महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रबर्द्धन र अवसर सिर्जनामा टेवा पुर्‍याउने बताए।

‘पुर्खाले हामीलाई सिकाएर गएका सीपहरू, जुन संस्कृति र संस्कार छ। यी सबैलाई जीवन्त राख्नका लागि यो महोत्सवले टेवा पुर्‍याउँछ भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘आफू जन्मेको ठाउँमा बसेर के नै गर्न सकिन्छ र भन्ने नकारात्मक खालको भाष्य बनाउन खोजिएको छ। काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा छ।’ मध्यपुर थिमिभित्र रहेका रहेका मूर्त, अमूर्त सम्पदालाई विश्वसामु चिनाउन, देखाउन, सम्झाउन र बुझाउनको लागि महोत्सव आयोजना गरेकोमा उनले शुभकामना पनि दिए। महोत्सव पुस १४ गतेसम्म चल्नेछ।