Friday, September 18, 2026
Home अन्तर्राष्ट्रिय विश्व फुटबलमा अर्जेन्टिनाको एकछत्र राज, ३ वर्षमा जित्यो ४ महत्वपूर्ण टाइटल

विश्व फुटबलमा अर्जेन्टिनाको एकछत्र राज, ३ वर्षमा जित्यो ४ महत्वपूर्ण टाइटल

142

काठमाडौं : पछिल्ला वर्षमा विश्व फुटबलमा अर्जेन्टिनाले एकछत्र राज गरिरहेको छ। अर्जेन्टिनाले विगतका तीन वर्षमा ४ मुख्य प्रतियोगिताको उपाधि जितेको छ। सन् २०२१ मा ब्राजिललाई हराएर कोपा अमेरिका जितेको अर्जेन्टिनाले सन् २०२२ मा फाइनालिस्सिमा जित्यो। अर्जेन्टिनाले सन् २०२१ को युरोकप च्याम्पियन इटालीलाई ३–० ले हराउँदै सन् २०२२ मा फाइनालिस्सिमा च्याम्पियन बन्यो। युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) र दक्षिण अमेरिकी कन्मेबोललबीच सन् २०२१ डिसेम्बरमा भएको सम्झौता अनुसार युरोपेली च्याम्पियन र कन्मेबोलल च्याम्पियनबीच खेल भएको हो।
फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउन खेल आयोजना गरिएको हो। यसअघि पछिल्लो पटक सन् १९९३ मा युरो विजेता र कोपा अमेरिका विजेताबीच यस्तै खाले प्रतियोगिता भएको थियो।