Friday, October 23, 2026
Home अन्तर्राष्ट्रिय मेक्सिकोमा इतिहास बनाउँदै राष्ट्रपतिमा महिला निर्वाचित

मेक्सिकोमा इतिहास बनाउँदै राष्ट्रपतिमा महिला निर्वाचित

21

ऐतिहासिक जितसँगै क्लोडीआ शेन्बाउम मेक्सिकोमा राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला बनेकी छन्। त्यहाँको निर्वाचनसम्बन्धी निकायका अनुसार प्रारम्भिक नतिजाले मेक्सिको सिटीकी ६१ वर्षीया पूर्वमेयरले करिब ६० प्रतिशत मत पाएको देखिएको छ। त्यो भनेको उनले आफ्नी निकटतम प्रतिद्वन्द्वी सोचिट्ल ग्यालभेजले भन्दा करिब ३० प्रतिशत बढी मत पाएकी हुन्। राष्ट्रपतिनिर्वाचित शेन्बाउमले आफ्ना मार्गदर्शक एवं बाहिरिन लागेका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेस ओबराडोरलाई अक्टोबर १ तारिखमा विस्थापित गर्नेछिन्।