मध्यपुरथिमि वडा लिग फुटबल प्रतियोगितामा को-कोलाई कारवाही ?

21

भक्तपुर । मध्यपुरथिमि वडा लिग फुटबल प्रतियोगितामा अनुसानहिन कार्य गरेको भन्दै केही खेलाडीलाई कारवाही गरिएको छ ।

अनुशासन समितिका प्रेस विज्ञप्ति यस प्रकार रहेको छ ।
यस मध्यपुर युथ एशोसियसनको आयोजनामा सानो थिमिस्थित एशोसियसनको खेल मैदानमा मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता–२०८० भव्यताका साथ सञ्चालन भइरहेको छ । यसै सन्दर्भमा मिति २०८० फागुन ९ गते सम्पन्न वडा नं. ५ र वडा नं. ९ बीचको म्याच नं. १५ को खेलमा भएको अप्रिय घटनाको बारेमा प्रतियोगिताको अनुशासन समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।
सो घटना प्रतियोगिताको नियमावली, अखिल नेपाल फुटबल संघ (एन्फा), विश्व फुटबल महासंघ (फिफा)को नियमावली विपरित भएको र अनुशासन हिन कार्य भएको यस समितिको ठहर छ ।

सो सम्बन्धमा अनुशासन समितिले प्रतियोगिताको म्याच कमिश्नर, खेल रेफ्रि, सञ्चारकर्मी, दर्शक, खेल पदाधिकारीहरुसँगको छलफल, सल्लाह, सुझाव, वडा नं. का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठको आधिकारिक पत्रद्धारा घटनाको सम्बन्धमा गरिएको क्षमायाचना एवम् प्रतिवद्धता, वडा नं. ५ का खेलाडीहरुको सामूहिक क्षमायाचना एवम् प्रतिवद्धता, खेलको श्रव्य दृष्य (भिडियो), एशोसियसनको शुभचिन्तक, विभिन्न वडाका पदाधिकारीहरुको सल्लाह सुझाव, प्रतियोगिताको अनुशासन सम्बन्धी नियमावली बमोजिम र मध्यपुर थिमि नगरपालिका, मध्यपुर युथ एशोसियसन र यस नगरभित्रका फुटबल प्रेमीहरुको मध्यपुर थिमिलाई फुटबलको उत्कृष्ट थलो बनाउने उद्देश्य अनुरुप एवम् निकट भविष्यमा हुन गईरहेको अन्तर नगरपालिका कप फुटबल प्रतियोगिताका लागि खेलाडी छनोटका साथै अन्य प्रतियोगिता र खेलाडीहरुको भविष्य समेतलाई मध्यनजर गर्दै अनुशासन समितिको बैठकले निम्नानुसारको कारवाही गरी वडा नं. ५ फुटबल टिमलाई प्रतियोगितामा निरन्तर खेल्न दिने निर्णय भएको व्यवहोरा अनुरोध गरिन्छ ।

तपसिल
१. प्रतियोगिताको नियमावली बमोजिम वडा नं. ५ टिमलाई रु १,००,००० –(एक लाख रुपैंया ) जरिवाना गर्ने ।
२. वडा नं. ५ का टिम कोच सजन श्रेष्ठलाई मध्यपुर युथ एशोसियसनले आयोजना गर्ने कुनै पनि फुटबल प्रतियोगितामा तीन वर्ष प्रशिक्षक बन्न नपाउने गरी प्रतिवन्ध गर्ने ।
३. वडा नं. ५ का खेलाडी जर्सी नं. ६ सृजन प्रजापतिलाई प्रतियोगिताको बाँकी खेल खेल्न नपाउने गरी प्रतिवन्ध गर्ने ।
४. वडा नं. ५ का खेलाडी जर्सी नं. २४ का गोलकिपर सरिन नापितलाई एक खेलमा प्रतिवन्ध गर्ने ।
५. वडा नं. ५ का चारै जना टिम अफिसियललाई वडा नं. ५ को बाँकी खेलको लागि निलम्बन गर्ने । बाँकी खेलको लागि वडा नं. ५ का वडाअध्यक्षको सिफारिसमा दुई जनालाई समावेश गर्ने ।
६. वडा नं. ९ का जर्सी नं. ११ का खेलाडी रोनिश राजबहाकलाई खेल भावना विपरित कार्य गरेकोले उहाँलाई थप एक खेल प्रतिबन्ध गर्ने । साथै वडा नं. ९ टिमलाई पनि सचेत गराउने ।