Wednesday, September 23, 2026
Home समाचार बानेश्वरको मध्य सडक नै भासिएर फस्यो बस, धन्न जोगिए यात्रु

बानेश्वरको मध्य सडक नै भासिएर फस्यो बस, धन्न जोगिए यात्रु

48

काठमाडौं : नयाँ बानेश्वर हाइवेमै सडक भासिएर यात्रुबाहक बस फसेको छ। बानेश्वर चोकनजिकै एभरेष्ट बैंक अगाडिको सडकमा भक्तपुरतर्फबाट आउँदै गरेको बा३ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो। मूल सडकमै गुडिरहेको उक्त बस एक्कासि सडक भासिएपछि भासमा एकातर्फका चक्का फसेर बस नै कोल्टे परेको छ। बस फसेर कोल्टिनेबित्तिकै बसमा सवार सम्पूर्ण यात्रु र चालक सकुशल निस्किन सफल भएका थिए। लगत्तै नजिकै रहेका ट्राफिक प्रहरीले बसलाई त्याहाँबाट निकाल्न खोजे पनि उनीहरू सफल भएनन्। हाल थप दुर्घटना नहोस् भनी ट्राफिक प्रहरीले उक्त बस फसेको क्षेत्रलाई सडकबारले छेकेको छ। बानेश्वर क्षेत्रको सडकमा विभिन्न समयमा सडक भासिएर दुर्घटना हुने गरेको छ। यसअघि पनि सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो भ्वाङ परेको थियो।