दैनिक एक अर्ब ८९ करोड भित्रिन्छ रेमिटेन्स

265

फागुन १८,
काठमाडौं । विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक एक अर्ब ८८ करोड ८८ लाख रुपैयाँ स्वदेशमा पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा तीन अर्ब ४० करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको खबर आजको नागरिक दैनिकमा छ ।
गत वर्ष दैनिक एक अर्ब ९० करोड ४१ लाख रुपैयाँ औपचारिक माध्यमबाट भित्रिएको थियो । गत आर्थिक वर्ष ०७३–७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।