Monday, September 21, 2026
Home राजनीति कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

115

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकमा जाजरकोट भूकम्पको बारेमा र कोशी सरकारको बारेमा छलफल हुने जनाइएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पदाधिकारी बैठक बोलाएको छ। बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। बैठकमा जाजरकोट भूकम्प लगायतका समसामयिक विषयमा छलफल हुने छ।