मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै

32

मोरङ । सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले सोमबार पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । मुख्यमन्त्री कार्कीले चार जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सुनसरीबाट निर्वाचित प्रदेश सांसद राप्रसाद मेहता, मोरङका लिलावल्लभ अधिकारी, धनकुटाका निरन राई र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गर्न छलफल भइरहेको एमालेका एक प्रदेश सांसदले बताए ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले सोमबार ४ बजे मन्त्रिपरिषद् विस्तार र पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको बताए । यसअघि भौतिक पूर्वाधार विकासमन्त्रीमा एकराज कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा र स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो, उद्योग, कृषि तथा सहकारी र पर्यटन, वन तथा वातावरणमन्त्री पाँचकर्ण राई र सामाजिक विकास राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गरेका थिए ।

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन र सामाजपक विकास मन्त्रालय आफैसँग राखेका छन् । तत्कालीन मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको विरूद्ध कार्कीले सर्वोच्च अदालत दिएको रिट निवेदनमा भदौ २१ गते पूर्ण सुनुवाइपछि फैसला सुनाएको थियो । सर्वोच्चले मुख्यमन्त्री थापालाई पदमुक्त गर्नुका साथै अल्पमतमा रहेको एमाले नेता कार्कीलाई संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मेख्यमन्त्री नियुक्तिका लागि पसमादेश जारी गरी दिएको थियो । मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ९४० अनुसार असोज २० गतेभित्र विश्वासको मत लिनुपर्ने वाध्यात्मक अवस्था छ ।

प्रदेशसभाको निर्वाचनदेखि सहकार्य गर्दै आएका राप्रपाले पनि साथ छोडिसकेकाले मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्ने अवस्था छैन । अबको १२ दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री कार्की पदमुक्त हुनेछन् । ९३ सदस्यीय प्रदेशसभा एमालेको उपसभामुखसहित ४०, राप्रपाका ६ र गठबन्धन दल कांग्रेका २९, माओवादी केन्द्रका १३, नेकपा ९एकीकृत समाजवादी०मा ४ र जनता समाजवादी पार्टीका एक प्रदेश सांसद छन् ।