सेयर धितो कर्जामा सीमा हट्ने, बढ्यो नेप्से

63

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हाटउन तयारी गरेसँगै सेयर बजारमा हरियाली छाएको छ । मंगलबार बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलमा गभर्नर महाप्रसाद अधिकराीले १२ करोडको सीमा हटाउने बताएका थिए ।

सेयर लगानीकर्ताले व्यक्तिगत रुपमा १२ करोडको सीमा पर्याप्त रहेपनि सेयर बजारमा लगानी गर्ने उदेश्यले आएका कम्पनीमा उक्त सीमा व्यवहारिक नभएको बताउँदै आएका थिए । सबै क्षेत्रबाट आलोचनको विषय भएपछि १२ करोडको सीमा हटाउन तयारीसँगै सेयर बजारमा हरियाली छाएको हो ।