‘मर्नु न बाँच्नु भएको छ’

66

काठमाडौं । चलचित्र ‘एक भगवत गीता’ले सेन्सर अनुमति नपाएपछि निर्देशक झरना थापाले सामाजिक सञ्जालमार्फत बेदना पोखेकी छिन् । गए राति फेसबुकमा भावुक स्टाटस राख्दै थापाले सत्य बोलिरहँदा र सही छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएको भन्दै अब आफूले यो विवादको फैसला भगवानको हातमा छोडिदिएको उल्लेख गरेकी छिन् ।

‘मध्यरातमा मैले आज यो लेखिरहँदा धेरै जना निदाइसक्नुभएको होला, कति जना अझै निदाउनुभएको छैन होला ।मान्छेलाई अत्यन्तै पीडावोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ, जुन आज म महसुस गरिरहेको छु, प्रार्थना गर्छु, जो जति जना निदाउनु भएको छैन, हजुरहरू ननिदाउने कारण मेरो जस्तो नहोस्’, झरनाले लेखेकी छिन्, ‘मैले मेरो जीवनको तीन दशक अनवरत रूपमा चलचित्र क्षेत्रमा दिएँ । प्रिय दर्शक हजुरहरूको मायाले म पर्दामा छाइरहेँ । मैले पनि दिनरात, झरी बादल, घरपरिवार नभनी हजुरहरूलाई मनोरञ्जन दिन अथक काम गरिरहेँ । सम्पूर्ण नेपाली दर्शकको माया र साथको कारणले म अभिनय हुँदै निर्देशनमा आइपुगेको छु । म जहाँ छु, जे छु, जस्तो छु, म नेपाली जन र नेपाली मनको आशीर्वादले छु ।’

‘समाजको केही यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनायौँ ्र चलचित्रको कथावस्तु तथा मेरो भगवान श्रीकृष्णप्रतिको असीम आस्थालाई केन्द्रमा राखेर चलचित्रको नाम ‘एक भगवत गीता’ राख्यौँ । मैले मेरो जीवनभर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म कहिल्यै गरेको छैन ।

हामीले एक भगवत गीता निर्माण पूरा गरेर अब हजुरहरूको हातमा सुम्पन तयार भइसकेपछि चलचित्रको नाममाथि प्रश्न उठाइयो’, झरनाले अगाडि लेखेकी छिन्, ‘हामीले उठेका प्रश्नहरूको विनम्रतापूर्वक उत्तर दियौँ । हामीले हाम्रो चलचित्रमा हिन्दू पवित्र ग्रन्थ श्रीमदभागवत गीताको कुनै पनि अवहेलना गरेका छैनौँ भनेर कथाको सार नै प्रस्तुत गर्‍यौँ ्र चलचित्रको स्क्रिप्ट नै अध्ययन गर्न दियौँ ्र

अझ चित्त नबुझे रिलिजपूर्व चलचित्र हेर्न पनि अनुरोध गर्‍यौँ । मेरो आफ्नो जीवननै भगवान श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमदभागवत गीता आफैँमा मेरो चलचित्र कर्मको प्रेरणा हो । म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु । बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर, श्रीमदभागवत गीताको अवहेलना नभएको सप्रमाण बताइरहँदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिइएको छैन ।’

उनले आफ्नो सारा स्रोत सम्पति, सपना र अहिलेसम्मको चलचित्रकर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको बताउँदै भनेकी छन्’, ‘थाहा छैन हाम्रो चलचित्र हजुरहरूको आँखासम्म आउन पाउँछ कि पाउँदैन ।

थाहा छैन, प्रिय दर्शकको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउँदैन । सत्य बोलिरहँदा पनि, सही छु भनेर दसी प्रमाण दिइरहँदा पनि कसैले न सुनिदिएपछि अन्तिममा फैसला त भगवान ले गर्नु होला नि हैन रु मैले मेरो फैसला मेरो भगवानको हातमा छोडिदिएको छु प्रिय दर्शक ११११ भगवान श्री कृष्ण ११ हरे कृष्ण १११’, उनले भनेकी छिन् ।