Monday, September 28, 2026
Home राजनीति एमालेले संसदमा गृहमन्त्रीको जवाफ सुन्ने, चित्त नबुझे अवरोध गर्ने

एमालेले संसदमा गृहमन्त्रीको जवाफ सुन्ने, चित्त नबुझे अवरोध गर्ने

42

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधिसभाको बैठक चल्न दिने भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक एक घण्टा बितिसक्दा समेत सुरु हुन सकेको छैन। सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले सरकारको जवाफ सुन्ने र चित्त नबुझे पुनः अवरोध कायम गर्ने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्ने उनले बताए। ‘आज गृहमन्त्रीको जवाफ सुन्छौँ। सरकारले उच्चस्तरीय समिति गठन गर्छु भन्यो भने सदन चल्छ नभए चल्दैन,’ उनले थाहाखबरसँग भने। एमालेले १ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग राख्दै सदन अवरुद्ध गर्दै आइरहेको छ। एमालेले साउन १० गतेको बैठक अवरुद्ध गरेको थियो भने हिजो १५ गतेको बैठक एमालेले अवरोध गर्ने भएपछि सूचना टाँसेर स्थगित गरिएको थियो।