Monday, September 28, 2026
Home समाज विषालु च्याउ खाँदा ११ जना बिरामी

विषालु च्याउ खाँदा ११ जना बिरामी

37

डोटी : विषालु च्याउ खाँदा डोटीमा–११ जना बिरामी परेका छन् ।जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर–५ इन्द्रचोकका ११ जना बिरामी परेका हुन्। विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। ११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ९ जनालाई आज बिहान ३ बजे र अन्य २ जनालाई केही समयपछि अस्पताल ल्याइएको थियो। उनीहरू खतरामुक्त रहेको अस्पतालको भनाइ छ।