Monday, September 28, 2026
Home समाज खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

36

मलङ्गवा : सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स महतो र १० वर्षीय दिपु महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिए।शनिवार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा शव डुबिरहेको अवस्थामा फेला परेको थियो।