Saturday, October 17, 2026
Home राजनीति ओलीलाई प्रचण्डले चोख्याउने, एमालेले सदन चल्न दिने सहमति

ओलीलाई प्रचण्डले चोख्याउने, एमालेले सदन चल्न दिने सहमति

27

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरको जलहरीमा लगाइएको आरोप रेकर्डबाट हटाउने सहमति भएको छ। शनिबार सिंहदरबारमा बसेको शीर्ष तीन दलका बैठकले प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष ओलीको संलग्नता नरहेको सदनलाई जानकारी गराउने सहमति भएको हो।
एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डले ओलीको संलग्नता नरहेको बारे प्रष्ट्याउने पनि सहमति भएको छ। नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले गत मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीका पालामा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी चढाइएको आरोप लगाएका थिए। यसको स्पष्ट छानविन हुनुपर्ने भन्दै एमालेका सांसदहरूले शुक्रबारको संसद्‌ बैठक अवरोध गरेको थियो।