चोर समात्न आफु चोर बन्दै प्रहरी

455

जनकपुरधाम । धनुषामा चोरीको घटनामा वृद्धि भएपछि प्रहरी नै चोरको भेषमा चोरलाई समात्ने अभियान सञ्चालन गरेको छ। धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार जिल्लामा प्रहरी निरीक्षकको कमाण्डमा २५ जना प्रहरी खटेका छन्। सोही क्रममा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट चोरलाई समातेको र अहिले ३२ जना प्रहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

दिउँसो घरमा कोही नभएको तथा ताल्चा लागेको हेर्ने गरेको र राति चोरीको घटना हुने गरेका छन्। उनीहरुसँगै प्रहरी घुम्ने गरेको र चोरीको समयमा पक्राउ गर्ने गरेको खड्काले बताए। सोही क्रममा बैशाख १७ गते जनकपुरधामको संकटमोचन मन्दिरको पछाडि जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले एम्बुसमा थापी बसिरहेको क्रममा दर्जी र खानलाई नियन्त्रणमा लिएको थियो।

बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले चोरी मुद्दामा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको छ।
पक्राउ परेकाहरुमाथि अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए । उनले सामान चोरी भएपछि समानधनिले मुदा नदिएपछि उनीहरुमाथि चोरीको मुद्दा लगाउन नसकेको बताए। प्रहरीले जनकपुरधाम १६ कपिलेश्वर बस्ने ३५ वर्षीय रंजित दास, जनकपुरधाम १७ का २१ वर्षीय संजिव राम र क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्दनगरका २८ वर्षीय इन्दल राम, २८ वर्षीय सलामद दर्जी र २३ वर्षीय मोहम्द राजाखान, राजकुमार यादव र सोनु सहनीलाई सार्वजनिक गरेको छ।